वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा योजनामा समेट्ने प्रधानमन्त्रीको आश्वासन (भिडिओ) – Nepal Press

वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा योजनामा समेट्ने प्रधानमन्त्रीको आश्वासन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरूमा आबद्ध गर्दै लैजाने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै देउवाले संविधान तथा प्रचलित कानूनमा श्रमिकको हकलाई पूर्णरूपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको प्रधानमन्त्रीको भनाइ छ ।

देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस-युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गरे ।

ट्रेड युनियनले राखेका मागहरू सकारात्मक रहेको र बजेटमा समावेश नभएका विषयलाई सम्बोधन गरिने उनले आश्वस्त पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर