कांग्रेस महासमिति सदस्य चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्तिमा प्रवेश – Nepal Press

कांग्रेस महासमिति सदस्य चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्तिमा प्रवेश

कैलाली । नेपाली कांग्रेस महासमिति सदस्य अरुण चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

सदस्य अरुण, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी लगायतका नेताहरू उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट प्रदीप चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित लम्की चुहाको मेयरमा अरुण चौधरी झिनो मतले पराजित भएका थिए ।

कांग्रेससँगको एकतापछि उनी प्रदेश सभा सदस्यमा पनि झिनो मतले पराजित भएका थिए ।

१४ औँ जिल्ला अधिवेशनमा उनी महासमिति सदस्यमा निर्वाचित भएका थिए । उनी सर्वाधिक मत ल्याउनेमा दोस्रो स्थानमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर