मध्यपुर थिमिको बोडेमा पुरुष मृत फेला, हत्या आशंकामा केही प्रहरी नियन्त्रणमा – Nepal Press

मध्यपुर थिमिको बोडेमा पुरुष मृत फेला, हत्या आशंकामा केही प्रहरी नियन्त्रणमा

काठमाडौं । भक्तपुरकोे मध्यपुर थिमि नगरपालिका– ८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा एक पुरुष मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ५१ वर्षीय कल्याण साहु आइतबार बिहान मृत फेला परेका हुन् ।

निजलाई कर्तव्य गरी मारिएको आशंकामा केही शंकित व्यक्तिहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । शंकित व्यक्तिहरुलाई प्रहरी वृत्त ठिमीमा ल्याई थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

आइतबार बिहान स्थानीयले प्रहरीलाई बोडेमा पुरुषको लाश घोप्टो परी रगताम्य अवस्थामा रहेको छ भन्ने खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।

मृतकको लाशलाई पोष्टमार्टम गर्न चाँगुनारायण नपा २ दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर