रोल्पामा सडक खन्दै गरेको ठाउँमा पहिरो झर्दा पुरिएर दुई बालकको मृत्यु – Nepal Press

रोल्पामा सडक खन्दै गरेको ठाउँमा पहिरो झर्दा पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा सडक खन्दै गरेको स्थानमा पहिरो झर्दा पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट पहिराे खसेर माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।


प्रतिक्रिया

One thought on “रोल्पामा सडक खन्दै गरेको ठाउँमा पहिरो झर्दा पुरिएर दुई बालकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *