काठमाडौं-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा – Nepal Press

काठमाडौं-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।

उनले नेपाल प्रेससँग आफू काठमाडौं १ चुनाव लड्न लागेको बताए । उनले भने, ‘हो  तपाईंले जे सुन्नुभयो त्यो सही सुन्नुभएको हो । म काठमाडौं क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हो ।’

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि उनी ब्याक भएका थिए । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए ।


प्रतिक्रिया

One thought on “काठमाडौं-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा

  1. अति राम्रो । हाम्रो भोट अबश्य तपाईलाई आउँछ । देश्भक्त र मर्नु भन्दा अघि यो मातृभूमिलाई मातृको ऋणतिर्न केही गर्ने ब्यक्तिको खाचो छ । बिगतमा प्रहरीसेवामा हुदा पनि जनताको अनेक सेवा गरेर जनताको मन जितेकै हो तपाईले । पर्सा जिल्लामा हुदा तपाईंले गरेको सेवाले भारतका जनता समेतले तपाईंलाई गुहार्न आएको सम्झना छ । यसर्थ घुस खाएर भ्रष्ट भएर बस्ने नेताहरु भन्दा पृथक तपाईको उम्मेदवारी जनताले रुचाउने छन । प्रहरी सेवामा भ्रष्टका कारण महानिरीक्षक हुन पाउनु भएन । छल गरेर महानिरीक्षक हुने घटिया दलको गुलाम बनेर अख्तियारको आयुक्त हुन, अपहरणगर्ने र हरेक दलको चाकडीमा लाग्ने जस्तो घटिया हरकतमा लागेर आफ्नो हैसियत बिर्सने जस्तोचै नभै देश र जनताको पक्षमा उभिन, न्यायको पक्षमा उभिन उम्मेदवारी दिएकोमा हामी सबैले साथ सहयोग गर्छौ ।जय पशुपतिनाथ बाबा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर