कैलाली उद्योग वाणिज्य संघको मतगणना जारी, कुँवर प्यानललाई अग्रता – Nepal Press

कैलाली उद्योग वाणिज्य संघको मतगणना जारी, कुँवर प्यानललाई अग्रता

कैलाली । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। ६०० मत गणना हुँदा सम्म पुष्पराज कुँवर प्यानलले नै अग्रता कायम गरेको छ ।

कुँवरले ३६२ मत पाउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले २०२ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २३१ मत ल्याएका छन्। ओझा पनि कुवर प्यानलका हुन् ।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३२८, उनका प्रतिस्पर्धी घनश्याम चौधरी २०५, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल २८८, प्रकाशचन्द्र भट्ट २३७, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त २८९, केशवदत्त पाण्डेय २२८, महासचिवमा ओमबहादुर विष्ट २७४, सिद्ध राज पनेरु २६६, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ३७६, रंजनकुमार शर्मा १६१, र सचिवमा सुरेश पाण्डेय २१२, महेन्द्रकुमार सिंह १८३ र जयराज न्यौपानेले १२१, मत प्राप्त गरेका छन्।

शनिबर सम्पन्न निर्वाचनमा १ हजार ९५ मत खसेको थियो।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर