इंग्ल्यान्ड र इटालीको बराबरी, जर्मनी रोकियो – Nepal Press

इंग्ल्यान्ड र इटालीको बराबरी, जर्मनी रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दा जर्मनी बराबरीमा रोकिएको छ । समूह ए३ को तेस्रो खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढे । खराव प्रदर्शनबाट गुज्रिरहेको इंग्ल्यान्ड घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो ।

यता, अर्को खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको छैटौ मिनेटमा जिसोल्ट नाग्यले गोल गर्दै घरेलु टोली हंगेरीलाई अग्रता दिलाए । भ्रमणकारी टोली जर्मनीका लागि नवौँ मिनेटमा जोनास होफम्यानले बराबरी गोल गरे ।

खेलसँगै कतार विश्वकप २०२२ बाट बाहिरिएको इटाली तीन खेलबाट ५ अंक बनाउँदै शीर्षस्थानमा छ । ४ अंकको हंगेरी दोस्रो स्थानमा रहँदा जर्मनी ३ अंक सहित तेस्रो र २ अंकको इंग्ल्याण्ड पुछारमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर