सचिवालय बैठकका एजेण्डा तय गर्न एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै – Nepal Press

सचिवालय बैठकका एजेण्डा तय गर्न एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्न आज केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरु सदस्य रहने एमालेको वैधानिक रहेको छ ।

यसअघि एमालेमा महासचिवको नेतृत्वमा सचिवालय रहने गथ्र्यो । पार्टी कार्यालयमा अपरान्ह बस्ने केन्द्रीय कार्यालय बैठकले चुनावपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकका लागि तयारी गर्नेछ ।

एमाले केन्द्रीय सचिवालयको बैठक सोमवार बस्दैछ । सो बैठकले चुनावको देशभरीको समिक्षा गर्ने बताइएको छ । सचिवालय बैठकले स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर