काठमाडौंकी उपमेयरसहित जब ओली दम्पत्ती मदन भण्डारी बाटिकामा देखिए (तस्बिर र भिडिओ) – Nepal Press

काठमाडौंकी उपमेयरसहित जब ओली दम्पत्ती मदन भण्डारी बाटिकामा देखिए (तस्बिर र भिडिओ)

काठमाडौं । शनिवार अपराह्न बुद्धनगरस्थित क्वालिटी ब्याक्वेटमा आयोजित जनसांस्कृतिक महासंघको कार्यक्रमपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय जाने भनिएको थियो, तर बाटो मोडिएर काटेश्वर महादेवस्थानतर्फ लागे ।

काटेश्वर महादेवस्थानस्थित मदन भण्डारी बाटिकामा पुगेका अध्यक्ष ओलीलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, सोही ठाउँमा स्थानीय समेत रहेका नेता अग्नि खरेल लगायतले स्वागत गरे ।

ओली दम्पत्ती र उपमेयर सुनिताले त्यहाँ वृक्षारोपण गरे । प्रायः जेठ ३ र असार १४ मदन भण्डारीको जन्मदिनको बेला यो बाटिका गुल्जार हुने गर्छ । तर शनिवार अध्यक्ष अ‍ोली पुगेपछि त्यहाँ रौनक थपियो ।

उनले मदन भण्डारी पुस्तकालयको अवलोकन गर्नुको साथै केही बेर बाटिकाभित्रै क्यारेमबोर्ड समेत खेले ।

पत्नी राधिका शाक्यले बालुवाटारमा आफूले रोपेको बिरुवा पछिल्लो पटक बाढी पसेको भिडिओमा हेर्दा नदेखिएको भन्दै एक दिन मिलाएर आफैँ हेर्न जाने बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर