प्रसारण लाइनमा मान्छे चढेपछि ‘माथिल्लो त्रिशूली थ्री ए’को विद्युत् उत्पादन बन्द – Nepal Press

प्रसारण लाइनमा मान्छे चढेपछि ‘माथिल्लो त्रिशूली थ्री ए’को विद्युत् उत्पादन बन्द

काठमाडौं । मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उत्पादन रोकिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् ।

उनी चढेपछि प्राधिकरणले आफ्ना विद्युत् आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर