अमेरिका भ्रमण गर्दा अब कोभिड परीक्षण गर्न नपर्ने – Nepal Press

अमेरिका भ्रमण गर्दा अब कोभिड परीक्षण गर्न नपर्ने

काठमाडौं । अमेरिकाले सोमबार देखि लागू हुने गरी हवाई उडानमार्फत अमेरिका आउने पर्यटकलाई कोरोना परीक्षण गर्नु पर्ने नियम हटाएको छ ।

ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले अमेरिकामा जारी उक्त नियम हटाइएको जानाकारी गराउँदै यस् कदमले अमेरिकाको पर्यटन उद्योग पनि पहिलाकै अवस्थामा फर्किन सक्ने विश्वास व्यक्त गरेका हुन् ।

हालसम्म अमेरिका प्रवेश गर्नका निमित्त अनिवार्य कोरोना परीक्षण गरिनु पर्ने नियम रहेको छ । अमेरिकाले हालै मात्र अनिवार्यरुपमा मास्क लगाउन पर्ने नियमलाई हटाएको थियो । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर