भक्तपुरमा पनि गोला तान्दा एमालेलाई चिट्ठा, जिसस प्रमुख बने ईश्वर थापा – Nepal Press

भक्तपुरमा पनि गोला तान्दा एमालेलाई चिट्ठा, जिसस प्रमुख बने ईश्वर थापा

काठमाडौं । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित भएका छन् । भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन ।

एमालेका तीन,कांग्रेस माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो ।

एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् ।

कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर