प्रधानमन्त्री देउवाले दिए प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई – Nepal Press

प्रधानमन्त्री देउवाले दिए प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को कार्यकारी सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना दिएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुसीको कुरा हो भने ।

साथै, उनले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा काम गर्ने वातावरण ग्यारेन्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाए ।

अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन्न आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि उनलाई बधाई दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर