पुष्पा फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी – Nepal Press

पुष्पा फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।

अल्लु एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लुलाई कारबाहीको माग गरेका छन् ।

उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन् । उनले आम मानिसलाई गलत सूचना दिएको भन्दै अल्ल र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन् ।

यसअघि अल्ल एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर