५ वर्षकाे उमेरदेखि संघर्ष गर्दै बनेकी गायिका ब्रिट्नी – जसको पहिलो विवाह ५५ घण्टामै टुटेको थियो – Nepal Press

५ वर्षकाे उमेरदेखि संघर्ष गर्दै बनेकी गायिका ब्रिट्नी – जसको पहिलो विवाह ५५ घण्टामै टुटेको थियो

न्यूयोर्क । चर्चित अमेरिकी पप गायिका ब्रिट्नी स्पीयर्सले प्रेमी साम असघारीसँग विवाह गरिन् । क्यालिफोर्नियामा भएको यो गोप्य विवाहमा उनका पूर्वपति जेसन एल्कजेन्डरले उनीहरुको विडिङ पार्टी बिगार्नेसमेत प्रयास गरेका थिए ।

ब्रिट्नीको प्रेम जीवन सधैं हेडलाइनमा रहने गरेको छ । ब्रिट्नीको सामसँग यो तेस्रो विवाह हो। यसअघि उनले दुई पटक विवाह गरिसकेकी छन् । ब्रिट्नीले सन् २००४ मा आफ्नो बाल्यकालको साथी जेसनसँग विवाह गरेकी थिइन् । तर, ब्रिट्नीले ५५ घण्टामै यो विवाह तोडिन् ।

त्यसपछि ब्रिट्नीले र्यापर केभिन फेडरलाइनसँग विवाह गरिन्, जससँग उनका दुई छोराछोरी छन्, सन प्रेस्टन र जेडेन जेम्स। यो विवाह पनि लामो समय टिक्न सकेन र सन् २००७ मा दुवैको सम्बन्धविच्छेद भयो ।

यस्तै, ब्रिट्नीको जीवन निकै विवादास्पद रह्यो। कयौं पटक उनी अनौठो व्यवहारका कारण चर्चित पनि भइन् । मानसिक सन्तुलनका कारण उनले एकपटक सबै कपाल पनि काटेकी थिइन् । यति मात्र होइन, छोराछोरीलाई धेरै लापरवाहीपूर्वक ह्यान्डल गरेकोसमेत आरोप उनीमाथि छ । बुवा जेमीसँगको खराब सम्बन्धका कारण पनि ब्रिट्नी चर्चामा छिन् ।

सन् १९८१ मा मिसिसिपीको म्याककम्बमा जन्मिएकी ब्रिट्नीले तीन वर्षको उमेरदेखि नै नृत्य सिक्न थालेकी थिइन् । पाँच वर्षको उमेरमा उनले पहिलो पटक स्टेज परफॉर्मन्स दिएकी थिइन्। उनको पहिलो एल्बम ‘बेबी वन मोर टाइम’ सन् १९९९ मा रिलिज भएको थियो र निकै हिट भयो। सन् २००० मा, ‘उप्स आई डिड इट अगेन’को दोस्रो एल्बमले उनलाई चर्चा ल्यायो ।

पप गायिकाको नेटवर्थ हेर्दा ४१ वर्षको उमेरमा उनी करिब २०० मिलियन डलर कमाएकी छन् । ग्रामी बाहेक उनले धेरै म्यूजिक अवार्ड पनि जितेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर