एमाले पूर्वसांसद थापाको मृत्यु – Nepal Press

एमाले पूर्वसांसद थापाको मृत्यु

रुपन्देही । पाल्पाका एमाले नेता तथा पूर्वसांसद भद्रबहादुर थापाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका वडा नं १० निवासी ७० वर्षीय थापाको आज १२ बजे घरमै मृत्यु भएको वडाध्यक्ष तोया सारुले जानकारी दिए ।

थापा केही वर्षदेखि मुटुको बिरामी भए पनि निको भएको स्थानीय तहको भरखर सम्पन्न निर्वाचनमा खटिएका थिए ।

बहुदलपछिको पहिलो स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट गेँजा गाविस अध्यक्षमा निर्वाचित थापा दोस्रो पटक जिल्ला विकास समितिको उपसभापति भएका थिए ।

०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ बाट निर्वाचित भएका थापा ०६४ सालको अन्तरिम विधायक रहेका थिए ।

अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर