सुनिता डंगोल भन्छिन- ‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौ (भिडिओ) – Nepal Press

सुनिता डंगोल भन्छिन- ‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौ (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

‘महानगरबाट हामीले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ,’ उपमेयर डंगोलले भनिन्, ‘हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’ तर यो दीर्घकालिन समाधान भने नभएको उनले बताइन् । ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ । त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लाग गर्नेछौँ ।’ उनले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि अनुरोध गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर