बालेनले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन (भिडिओ) – Nepal Press

बालेनले गरे छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले छत्रपाटी निःशुल्क चिकित्सालयको अनुगमन गरेका छन् । बिहान चिकित्सालय पुगेर उनले अनुगमन गरेका हुन् ।

मेयर साहले त्यहाँ पुगेर उपचाररत बिरामीसँग चिकित्सालयको अवस्थाका बारेमा जानकारी लिएका थिए । सँगै उनले त्यहाँको वाताबरण, सेवा सुबिधा र स्वास्थ्य तथा चिकित्साकर्मीको व्यवहारका बारेमा पनि बिरामीसँग जानकारी लिएका छन् ।

अनुगमनपछि चिकित्सालयको सेवाबारे आफुले सुनेभन्दा राम्रो अवस्था रहेको पाएको मेयर साहले बताए । ‘अफिसमा यो विषयमा हिजोपनि कुरा भइरहेको थियो,’ उनले भने,‘यहाँ आउँदा त्योभन्दा राम्रो पाए ।’ छत्रपाटीजस्ता समुदायबाट चलेको अस्पतालमा महानगरबाट गर्नसक्ने प्रयासका विषयमा आफु आवश्यक छलफल गरेर अघि बढ्ने मेयर साहले बताए । ‘शिक्षा र स्वास्थ्य व्यापार होइन, सेवाकै रुपमा चल्नुपर्छ,’ उनले भने ।

छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको पूँजीबाट शुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो ।

तस्बिर सौजन्य : बिनय शाक्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर