उठाउन थालियो काठमाडौंको फोहोर (तस्बिरहरु) – Nepal Press

उठाउन थालियो काठमाडौंको फोहोर (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएसँगै काठमाडौंमा एक महिनादेखि थुप्रिएको फोहोर शुक्रबारबाट उठाउन थालिएको हो।

महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर लगायत अन्य वडाको पनि फोहोर उठाउन थालिएको छ ।

बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ढुवानी गर्न शुरु गरिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग शहरी विकास मन्त्रालयमा फोहोर फाल्न दिने सहमति भएको थियो ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो । स्थानीयबासीको अवरोधपछि काठमाडौंबासीले सडकमा फोहोर थुपारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *