हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट – Nepal Press

हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

सुर्खेत । हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो।

आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

‘राति दुई बजे आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएको खबर छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘हुम्ला सिडियो कार्यालयका अनुसार कम्तिमा पचास लाखको क्षति भएको अनुमान छ ।’

उनका अनुसार आगलागीको कारणबारे जानकारी नभएको र मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर