आँबुखैरेनी पहिरोमा ज्यान गुमाएका दुवै जनाको सनाखत – Nepal Press

आँबुखैरेनी पहिरोमा ज्यान गुमाएका दुवै जनाको सनाखत

तनहुँ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ ।

शुक्रवार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावर हाउस नजिकको सडक भासिएसँगै बा १० च ४६७९ नम्बरको कार, ग ३३ प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा ज्यान गुमाएका दुई पुरुषको शव भेटिएकोमा सनाखत हुन सकेको थिएन ।

प्रहरीका अनुसार ज्यान गुमाउने स्कुटर चालक गोरखा सिरान चोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौँडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् ।

उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *