अश्लील तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने दुई जना पक्राउ – Nepal Press

अश्लील तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लील भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पीडितको जाहेरीपछि एक जनालाई धुलिखेलबाट र एक महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लील भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

यस्तै महिलाको तस्बिर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्र हत्या गरेको आरोपमा खोटाङ, ऐसेलु खर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *