कर्णाली नीति तथा कार्यक्रममा एमाले सचेतकको प्रश्न- ‘ब’ मात्रै थपेर बबाल बजेट आउँछ ? – Nepal Press

कर्णाली नीति तथा कार्यक्रममा एमाले सचेतकको प्रश्न- ‘ब’ मात्रै थपेर बबाल बजेट आउँछ ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।

आज बसेको कर्णाली प्रदेश सभाको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाब जङ्ग शाहले नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा ६ ‘ब’ मा ८/१० वटा ‘ब’ मात्रै थपेर कतै बबाल बजेट आउँदैन भन्दै सरकारलाई प्रश्न समेत गरेका हुन ।

‘अहिलेसम्म सरकारले ६ वटा ‘ब’बाट सुरुआत गरेको छ । म भन्दा पहिला बोल्ने सदस्य ज्युले दुई वटा ‘ब’ थप्नुभयो । अर्के सदस्य ज्युले अर्को ‘ब’ पनि थप्नु पर्‍यो भन्नुभयो । थप्दै जाँदा ८/१० वटा ‘ब’ बनाएर बबाल खालको बजेट आउँछ कि भन्ने अनुभूति भइरहेको छ ।’

उनले भने, ‘ नीति तथा कार्यक्रम सरकारले पेस गरेको छ । यसमा सकारात्मक सैद्धान्तिक कुरा त केही छैन । तर, सरकारले ६ वटा ‘ब’ बाट गरेर गफ चाही गरेको छ ।’

कार्यक्रममा सरकारले वन, वातावरण, बाटो जस्ता ६ ओटा ‘ब’ को अवधारणामा केन्द्रित रहेर बजेट आउने र त्यसले कर्णालीको रुपान्तरण गर्न सक्ने दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर