अमेरिकी सेनाका प्यासिफिक कमान्डरले भेटे प्रधानमन्त्री – Nepal Press

अमेरिकी सेनाका प्यासिफिक कमान्डरले भेटे प्रधानमन्त्री

काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लायनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा-फ्लायनबीच शिष्टाचार भेट भएको हो ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर