आज यी तीन सडकखण्ड छन् अवरुद्ध – Nepal Press

आज यी तीन सडकखण्ड छन् अवरुद्ध

काठमाडौं । पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।

तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।

सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ ।

डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ ।

मध्यरातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक ईन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर