मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिए निर्देशन – Nepal Press

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका हुन् ।

सांसदले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीबास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका थिए । बिहीबारको संसद बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले सप्तरी र सिरहामा साहुकारको ऋणले किसानको उठिबास हुने कारुणिक अवस्था देखिएको भन्दै मिटरब्याजीको पहिचान गरी कारबाही गर्न माग गरेका थिए ।

सप्तरीका विपन्न नागरिकको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी तेली भने फरार छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले भने बेवास्ता गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर