स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै – Nepal Press

स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै

काठमाडौं । समयसँगै तीव्ररुपमा स्मार्टफोनले पनि फड्को मारेको छ । आज उपभोक्ताको धारणाहरु परिवर्तन गर्दै स्मार्टफोन हातमा सहजै बोक्न मिल्ने बहु–कार्यात्मक उपकरणको रुपमा विकसित भइसकेको छ । फोन खल्ती वा पर्समा राख्दासमेत भारी वा बोझिलो हुन्थे र विशाल भएता पनि ती उपकरणले केवल कम–रिजोल्युशनका तस्बिरहरु खिच्थे ।

पहिला मोबाइल फोनको एकमात्र उद्देश्य भनेको मानिसहरूलाई कल गर्ने साथै दिनभर उनीहरूका धेरैजसो कार्यहरूमा मद्दत गर्ने हो जसका लागि ठूला ब्याट्री हुन्थ्यो । त्यसपछि, स्मार्टफोनमा तस्बिरहरू क्लिक गर्ने क्षमता वृद्धि र अन्य सुविधाहरू पनि यसमा थप हुँदै गए । त्यसबेलादेखि, प्रयोगकर्ताहरूले कहिले पनि स्मार्टफोन खरिद गर्दा आफ्नो इच्छा र चाहनामा सम्झौता गरेका छैनन् ।

स्मार्ट क्यामेराको विकाससँगै अब व्यावसायिक गुणस्तरका तस्बिरहरू साना उपकरणहरूबाट सहजै खिच्न सकिन्छ । स्मार्टफोनमा एआई–संचालित स्मार्ट विशेषताहरू छन् । जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न, सार्पनेश मिलाउँदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ । स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न, व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्दछ । यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोडहरू र विशेषताहरू सुझाउँछ ।

भिभो एक ग्लोबल टेक्नोलोजी ब्रान्ड हो जुन ग्राहक केन्द्रित नवीनताप्रति प्रतिबद्ध रहेको छ । यसै प्रतिबद्धताप्रति अटल रहँदै भिभोले सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको छ । एआई क्यामेरा एल्गोरिथ्मले विषयलाई पृष्ठभूमिबाट छुट्याउछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्र्रेट, लगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्दछ जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकंलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा स्मरणीय क्षणहरु क्याप्चर गर्दछ ।

भिभो प्रायः उत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ जसकारण स्मार्टफोन उत्साहीहरूको मन जित्न सफल भएको छ । भिभोका सबै स्मार्टफोनहरु उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा अगाडि छन् । यसको साथै, उत्कृष्ट प्रविधिहरू समावेश गर्दै स्लिक डिजाइनको स्मार्टफोन निर्माण गर्ने भिभो पहिलो कम्पनी हो ।

सन् २०१२ मा भिभोले पहिलोपटक विश्वको सबैभन्दा पातलो स्मार्टफोन एक्स १ सार्वजनिक गरेको थियो जुन ६.५५एमएम मात्र मोटो थियो । यो डेडिकेटेड हाई–फाई गुणस्तर अडियो चिप राख्ने विश्वको पहिलो स्मार्टफोन थियो । सन् २०१४ मा, भिभोले एक्स५म्याक्स सार्वजनिक गरेको थियो जसको मोटाई ४।७५एमएम थियो । यो अहिले पनि विश्वको सबैभन्दा पातलो फोन हो ।

यस्ता रोचक आउटलुकहरू, अविश्वसनीय विशेषताहरू र उत्कृष्ट डिजाइनहरूका साथ, भिभोले आफ्नो उपकरणहरूमार्फत सबैको ध्यान खिचिरहेको छ । हामीलाई आशा छ, ब्रान्डले आगामी दिनहरुमा अझ आकर्षक विशेषताहरु ल्याउनेछ र उपभोक्ताहरुको मन अझ जित्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर