अस्थायी पुल बाढीले बगाएपछि बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाको आग्रह – Nepal Press

अस्थायी पुल बाढीले बगाएपछि बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ ।

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।

मेलम्चीबाट इन्द्रावती तर्ने ह्युमपाइप बाढीले क्षति पुगेपछि ज्यामिरे शिखरपुर इन्द्रावती तथा पाँचपोखरी जाने सडक सञ्जाल टुटेको छ ।

आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले क्षति पुर्‍याएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर