मूल्यवृद्धिविरूद्व अनेरास्ववियु रूपन्देही ओर्लियाे सडकमा – Nepal Press

मूल्यवृद्धिविरूद्व अनेरास्ववियु रूपन्देही ओर्लियाे सडकमा

रूपन्देही । अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध जिल्लाका विभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ ।

अनेरास्ववियु रुपन्देहीले बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदहलगायतमा एकघण्टा चक्काजाम गरेको हो ।

पटक-पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको विराेधमा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर छुट गरी जनतालाई राहत दिन उनले माग गरेका छन् ।

बुटवलको मिलनचोकको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेललगायतले बोलेका थिए । सैनामैनामा केन्द्रीय सदस्य सीमा घिमिरे, जिल्ला कोषाध्यक्ष सुमित सापकोटा, देवदहमा केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला सहसचिव अर्जुन गैरे, भैरहवामा केन्द्रीय सदस्य सरोज ठकुरी, जिल्ला सहसचिव भीम भण्डारीलगायतले बोलेका थिए ।

आजको जक्काजाम सांकेतिक भएको र अब दैनिक उपभोग्य वस्तुको मूल्य नघट्दासम्म चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख प्रकाश पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर