पाकिस्तानमा युनिसेफ कर्मचारी बलात्कृत – Nepal Press

पाकिस्तानमा युनिसेफ कर्मचारी बलात्कृत

काठमाडौं । पाकिस्तानमा युनिसेफकी एक महिला कर्मचारी बलात्‍कृत भएको घटना सार्वजनिक भएको छ । पाकिस्तानी सञ्चार माध्यमहरुले जानकारी गराए अनुसार घटना गत बुधबारको हो भने , घटनाका आरोपित व्यक्ति पिडित कर्मचारीकै अंगरक्षक रहेको जनाइएको छ ।

२७ वर्षीया पीडित महिला स्विडेनकी वासिन्दा हुन् उनी गत मार्चदेखि इस्लामावादमा कार्यरत थिइन् । यस घटनामा पाकिस्तान सरकारको तर्फबाट हालसम्म कुनै अधिकारिक धारणा सार्वजनिक भएको छैन भने कूटनैतिक मामिला भएको हुँदा पाकिस्तान सरकारले यस घटनालाई दबाउन खोजेको आरोपसमेत लाग्न सुरु भएको अवस्था छ ।

पीडित महिलाले प्रहरीलाई दिएको बयान अनुसार बुधबार राति साँढे ११ बजे उनले आफ्नो कोठामा केही आवाज आएको महसुस गरिन्, उक्त आवाज के को हो भनेर जानी नस्कदै उनलाई एक व्यक्तीले पछाडिबाट समातेर मुख बन्द गरिदियो र उनी माथि बलत्कार गर्‍यो ।

अध्यारोको कारण सुरुमा को व्यक्त्ति भन्ने नचिने पनि पछि सोही व्यक्तिसगँ हार गुहार गरेर शौचालय जाने बेलामा सो व्यक्ति उनकै अंगरक्षक रहेको उनले थाह पाइन ।

हालसम्म युनिसेफले पनि यस विषयमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन भने आरोपी व्यक्तिलाई प्रहरीले पक्राउ गरी कुनै गोप्य स्थानमा राखी छानबिन गरिरएको मिडिया रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर