जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन – Nepal Press

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका- ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भइ कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दैगरेको जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको, ५ जनाको गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर