सैनामैनाको कपास उद्योगमा आगलागी – Nepal Press

सैनामैनाको कपास उद्योगमा आगलागी

रूपन्देही ।रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका-६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधि,नगर प्रहरी र स्थानीयहरु घटनास्थलमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *