काठमाडौंको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग सिंहदरबारमा छलफल शुरु – Nepal Press

काठमाडौंको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग सिंहदरबारमा छलफल शुरु

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा छलफल शुरु भएको छ ।

शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री,  सा‌ंसद गगन थापा काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरेडाँडाका स्थानीय बासिन्दा सहभागी भएका छन् ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल शुरु भएको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले नेपाल प्रेसलाई जानकारी दिए ।

आज राति नै काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाका स्थानीयबीच काठमाडौंको फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको थियो ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर