यूईएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनको जित – Nepal Press

यूईएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनको जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेनले जित निकालेका छन्। समूह चरण अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोलको नतिजामा हराएको थियोे।

पोर्चुगलको जितमा जोआ कान्सेलो र गोन्कालो गुएडेसले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

गुएडेसले ३८ औं मिनेटमा गरेको गोल पोर्चुगलको जितका लागि पर्याप्त बन्यो । जितसँगै लिग ए समूह २ को पोर्चुगलले ३ खेलमा ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । चेक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ

यस्तै,समूह चरण अन्तर्गत बिहीबार रातिनै सम्पन्न खेलमा स्पेनले स्विजरल्याण्डलाई १-० गोल को नतिजामा पराजित गरेको छ।

स्पेनको जितमा पाब्लो सराबियाको गोल निर्णायक बन्यो ।खेलको १३ औं मिनेटमा सराबियाले निर्णायक गोल गरेका हुन् ।

यस जितसँगै लिग ए समूह २ को स्पेनले ३ खेलमा ५ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ । स्विजरल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर