पेट्रोल ८ रुपैयाँ तथा डिजेल र मट्टितेल १२ रुपैयाँले बढ्यो – Nepal Press

पेट्रोल ८ रुपैयाँ तथा डिजेल र मट्टितेल १२ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ।

बिहीबार राती १२ बजेदेखि लागु हुने गरि प्रति लिटर पेट्रोल ८ रुपैयाँ तथा डिलेज र मट्टितेल समान १२ रुपैयाँले बढेको छ।

बढेको मूल्यपछि प्रतिलिटर पेट्रोल एक सय ७८ रुपैयाँ पुगेको छ।

यस्तै डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ पुगेको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने बढेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर