गुल्मीमा डाेजरले फालेकाे ढुंगा लागेर विद्यार्थीकाे मृत्यु – Nepal Press

गुल्मीमा डाेजरले फालेकाे ढुंगा लागेर विद्यार्थीकाे मृत्यु

रुपन्देही । सडक निर्माणको क्रममा फालेको ढुंगाले लागेर गुल्मीको मुसिकोटमा एक विद्यार्थीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- ३ निवासी १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले निर्माण भइरहेकाे सडकमा डोजरले फालेको ढुंगाले लागेर बिहीबार बिहान स्कुल जाँदै गरेका रायमाझी घाइते भएकाे जानकारी दिए ।

घाइते रायमाझीकाे उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोजर चालकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर