मकवानपुर गोल्डकप : हेटौंडाको विजय युथ क्लब सेमिफाइनल प्रवेश – Nepal Press

मकवानपुर गोल्डकप : हेटौंडाको विजय युथ क्लब सेमिफाइनल प्रवेश

हेटौंडा । मकवानपुरको हेटौंडा ५ पिप्ले रंगशाला जारी स्थानीय तह चौंथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विजय युथ क्लब हेटौंडा विजयी भएको छ ।

बुधबार पानी परेर स्थागित भएको खेल आज बिहिबार बिहान भएको थियो । खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै विजय युथ क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । यो सँगै अब हेटौंडाले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग जेठ २७ गते प्रतिस्पर्धा गर्नेछ ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफको ९ औं मिनेटमा विजयी युथका अमिर श्रेष्ठ,१९ औं मिनेटमा सञ्जोग राई र अतिरक्त समयमा सुनिल घलानले एक–एक गोल गरेका थिए ।सुनिल खेलको म्यान अफ दी म्याच सुनिल घलान घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।

यसैगरी,आज अपरान्न ४ बजे अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र चर्चव्वाईज क्लब काठमाण्डौबीच हुँदै छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर