सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ) – Nepal Press

सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उहाले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी हुन् ।

उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उनले बताइन् ।

त्यस्तै उनले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताइन् ।


प्रतिक्रिया

One thought on “सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ)

  1. सरकार बुढानिलकण्ठमा छ । बुढानिलकण्ठमा पनि म्याडमकाे मुठ्ठिमा छ । कहिलेकाहि बाबुले पनि यसाे मुठ्ठी कसिसिन्छ । अलिअलि सरकार खुमलटारमा छ । पुछपाछ गरेर बाँकी रहेकाे सरकार काेटेश्वरमा पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर