स्कूलमा गौरका मेयर शम्भु साहको ‘रेड’, शुल्कका कागजात बरामद (भिडिओ) – Nepal Press

स्कूलमा गौरका मेयर शम्भु साहको ‘रेड’, शुल्कका कागजात बरामद (भिडिओ)

काठमाडौं । रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साहले अभिभावक र नगरपालिकासँग भएको सहमतिविपरीत रकम असुल गरिरहेको एक विद्यालयमा ‘रेड’ हानेका छन् ।

उनले जुद्ध नमुना माविमा मनोमानी शुल्क लिएको भन्दै रसिदलगायतका कागजात नियन्त्रणमा लिएका छन् ।

नगरप्रमुखले साहले अहिलेलाई परीक्षा शुल्कवापत १०० मात्र शुल्क तिर्न सबै विद्यार्थी र अविभावकलाई अनुरोधसमेत गरेका छन् । बरामद गरिएका कागजात छानबिन गरेर कारबाही अघि बढाउने भन्दै साहले भने, ‘कुनै पनि बहानामा चर्को शुल्क नठाउने स्पष्ट नीतिविपरीत एक जनासँग अनुदानबापत २ हजार ४ सय रूपैयाँ असुल गरिएको भेटिएको छ ।’

विद्यालय प्रशासनले पटकपटक विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने र विभिन्न बहानामा चर्को शुल्क उठाउने विरुद्ध कडा ढंगले प्रस्तुत हुनु परेको उनको प्रष्टोक्ति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *