ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत – Nepal Press

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर