सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो (भिडिओ) – Nepal Press

सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।

जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।

‘नुवाकोटको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ सांसद खतिवडाले भने,‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

फोहोर व्यवस्थापनको नाउँमा नुवाकोटमा १७ वर्षअगाडिदेखि बेथिति हुँदै आएको उनले बताए ।

‘त्यसको व्यवस्थापन गरेर स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन होस्’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर