कतारबाट अण्डरवेयरमा लुकाएर ल्याएको ५१६.५ ग्राम सुनसहित विमानस्थलमा एकजना पक्राउ – Nepal Press

कतारबाट अण्डरवेयरमा लुकाएर ल्याएको ५१६.५ ग्राम सुनसहित विमानस्थलमा एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज बिहान पौने १० बजे कतार एयरवेजको क्यूआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान-४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्राम नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने व्यक्तिको नामथर खुलाइएको छ । उनीमाथि अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरी स्रोतले नेपाल प्रेसलाई बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर