द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया – Nepal Press

द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया

काठमाडौं । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ ।

कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए । ब्राउनली २१ वर्षको उमेरमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा रहेकी छन् ।

विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्, ‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नुभएको थियो । सोही प्रेरणाका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भए ।’

अन्य पर्वतारोहीको मिसन जस्तै सगरमाथा उनको सूचीमा थियो । हालैमात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् । हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफ्लिक्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।

ब्राउनलीले भनिन्, ‘निम्सले नै मलाई सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप म यो मिसनको मध्यतिर छु ।’

उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरुलाई धन्यवाद दिएकी छन् । उनको अनुभवबाट विद्यार्थीहरुले आफ्नो भविष्यबारे प्रेरणा पाएको कलेजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *