पोखरीमा डुबेर बालिकाको मृत्यु
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ जेठ २६ गते ८:२३
![](https://www.nepalpress.com/wp-content/uploads/2021/06/dubera.jpg)
सांकेतिक तस्बिर
महोत्तरी। महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर