पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध – Nepal Press

पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध

चितवन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितनले जनएको छ ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर