क्यान आफैले गर्न लागेको नेपाल टी-२० को सञ्चालक परिषद्‍मा भारतीय पूर्वक्रिकेटर – Nepal Press

क्यान आफैले गर्न लागेको नेपाल टी-२० को सञ्चालक परिषद्‍मा भारतीय पूर्वक्रिकेटर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आफैले आयोजना गर्न लागेको फ्रेन्चाइज लिग नेपाल टी-२० का लागि सन्चालक परिषद् गठन भएको छ ।

परिषद्‍मा भारतीय पूर्वक्रिकेटर अशोक मल्होत्रालाई मानार्थ सदस्यका रूपमा राखिएको छ ।

परिषद्‍मा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कार्यसमिति सदस्य दुर्गाराज पाठक, मिडिया समितिका सदस्य भानुभक्त सिग्देल र सेभेद थ्रि स्पोर्ट्सका संस्थापक तथा प्रबन्ध निर्देशक जतिन आह्लुवालिया सदस्य रहेका छन् ।

सेभेन थ्रि स्पोर्ट्स नेपाल टी-२० को इभेन्ट म्यानेजमेन्ट तथा कमर्सियल पार्टनरका रूपमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर