नागरिक उन्मुक्तिले भन्यो- गोली चलाउने प्रहरीलाई कारबाही होस् – Nepal Press

नागरिक उन्मुक्तिले भन्यो- गोली चलाउने प्रहरीलाई कारबाही होस्

कैलाली । बर्दियाको मदुवनमा नागरिक माथि गोली चलाउने प्रहरीलाई कारबाही गर्न नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बाघ नियन्त्रणका लागि जारी आन्दोलनमा प्रहरीले दमन गरेको र नागरिकलाई लक्षित गरी गोली प्रहार गरेको भन्दै कारबाहीको माग गरिएको हो ।

पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा मृतकका परिवारलाई राहत दिन समेत माग गरिएको छ ।

जेठ २३ गते परीक्षा दिएर फर्किएकी स्थानीय १८ वर्षकी नबिना थारुको गोली लागेर मृत्यु भएको थियो ।

अघिल्लो दिन बाघको आक्रमण बाट स्थानीय घाइते भएपछि उनीहरूले सुरक्षाको माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेर अर्का एक जना पनि घाइते भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले घाइतेको पनि नि:शुल्क उपचारको माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *