चलचित्र ‘सर्वजित’ निर्माणका लागि मन्त्री आलेले दिए ५ महिनाको तलब – Nepal Press

चलचित्र ‘सर्वजित’ निर्माणका लागि मन्त्री आलेले दिए ५ महिनाको तलब

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन् ।

छुवाछुत उन्मूलन दिवसको दिन पारेर केही दिनअघि गरिएको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणमा सहयोग गर्ने आश्वासन दिएका थिए ।

दिनेश डिसीको निर्देशनमा बनिन लागेको ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित छ ।

चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर