अछाम : ५ दिनपछि उठाइयो विनोद शाहीको शव – Nepal Press

अछाम : ५ दिनपछि उठाइयो विनोद शाहीको शव

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।
मृतकका आफन्तजन र प्रहरी प्रशासनबीच सहमतिपछि शव उठाइएको हो ।

घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने, शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ ।

१७ जेठमा बेपत्ता भएका विनोदको शव २१ गते घर नजिकैको कुच्ची भीरको खोँचमा भेटिएको थियो । मृतकका परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै आन्दोलन गरिरहेका थिए ।

प्रहरीले अनुसन्धानको लागि शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । आजै सदनमा सभामुख अग्नि सापकोटाले विनोद शाहीको मृत्यु घटनाको छानबिन र दोषी पक्राउ गर्न सरकारलाई रुलिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर