विद्यार्थी नेताको कार्यक्रममा माधवले भने- विद्यार्थीको पहिलो काम पढ्ने नै हो – Nepal Press

विद्यार्थी नेताको कार्यक्रममा माधवले भने- विद्यार्थीको पहिलो काम पढ्ने नै हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विद्यार्थीको पहिलो काम पढ्नेमै केन्द्रित हुनुपर्ने बताएका छन् ।

पढेको विद्यार्थी नै असल राजनीतिज्ञ बन्ने उनले बताए ।

पढाइ र राजनीतिलाई कसरी मिलाउने भन्ने कुरामा विद्यार्थीहरुले नै ध्यान दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले भने- विद्यार्थीको पहिलो काम पढ्ने नै हो । विद्यार्थीले औपचारिक र अनौपचारिक ढंगबाट पढ्नुपर्छ ।

नेकपा एसनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अगाडि भने, ‘कोर्सको किताब र राजनीतिक किताबमा कसरी तालमेल मिलाउने ? त्यो तपाईँले मिलाउनुपर्छ । पढाइमा पनि उत्कृष्ट हुने । राजनीतिमा पनि उत्कृष्ट हुने । यस्तो कसरी मिलाउने तपाईँले ध्यान दिनुपर्ने छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर